काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी र कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् । यसैगरी वैकल्पिक खेलाडीतर्फ किशोर महतो, अर्जुन साउद, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने उक्त प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । नेपालले यही वैशाख ५ गते मलेसियासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







