पोखराको शिवशक्ति माविमा शैक्षिक अवस्था सुधार्न आचारसंहिता जारी


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०८० मा प्रकाशित




वैशाख ४ पोखरा । पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक सोमबार सम्पन्न भएको छ ।

संयुक्त बैठकले विद्यार्थीको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता सर्वसम्मतले पारित गरेको छ । आचारसंहिताको पालनाले विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्ने मात्र नभएर विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकमा अन्तिम परीक्षाको नतिजाको बारेमा समेत बृहत छलफल भएको छ । बैठकमा शिक्षक तथा कर्मचारीका तर्फबाट आफ्नो भनाई राख्दै सहायक प्रधानध्यापक बालकृष्ण बाँस्तोलाले विद्यालयको वर्तमान अवस्था र विद्यार्थीलाई आउँदा दिनमा कसरी सक्षम र सबल बनाउन सकिन्छ भन्नेमा जोड दिए ।

विद्यालयका प्रधानध्यापक शम्भुराज बाँस्तोलाले विद्यालय अंग्रेजी माध्ययममा गइसकेको तथा प्रविधिलाई आत्मसाथ गर्दै अब अगाडि बढ्ने बताए । उनले प्रत्येक शिक्षकले विद्यालयमा बालमैत्री वातावरण बनाउनुपर्ने कुरामा जोड दिँदै विद्यालय भर्ना अभियानलाई सशक्त्त रुपमा अगाडि बढाउनुपर्नेमा सुनाए ।

शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त प्रयासबाटनै लक्ष्यमा पुग्न सकिने भएकोले विद्यार्थी तथा अभिभावकको आर्कषण थप्ने अभियानमा जुट्न उनको आग्रह थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।