वैशाख ६ पोखरा । बङ्लादी आमा समुहको अध्यक्षमा मिठु लामिछाने चयन भएकी छन् । बुधबार सम्पन्न समुहको आठौं साधारण सभा तथा चौंथो अधिवेशनले लामिछानेको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समुहको उपाध्यक्षमा सिता गुरुङ, माया जिसी, शशि कार्की, सचीवमा सुस्मा दाहाल, सहसचिवमा तारा भट्टराई, कोषाध्यक्षमा सरस्वती पन्त न्यौपाने र सहकोषाध्यक्षमा विन्दु भुजेल चयन भए ।
त्यसैगरी सदस्यमा कल्पना भुजेल, लक्ष्मी कार्की, रामदेवि दाहाल, कल्पना घिमिरे , सरिता भण्डारी, देउमाया भुजेल ,सरस्वती पाहारी छन् । दुई सदस्य पछि मनोनीत हुने जनाइएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले चुलो चौकाको परिधि बाहिर आएर पछिल्लो समय सामाजिक रुपान्तरण र विकासमा आमा समुहको भुमिका महत्त्वपूर्ण हुदै गएको बताइन । उनले आमासमुहहरुमा संगठित आवाज रहेको र त्यसलाई सामाजिक रुपान्तरण एवम् नेतृत्व विकासमा उपयोग गरेर अझ ससक्त रूपमा अगाडि बढन सुझाव दिइन ।
कार्यक्रमम वडा न ६ का वडा सदस्य एवम् कार्यवहाक अध्यक्ष दिपेन्द्र पहारीले सामाजिक क्षेत्रमा आमा समुहको भूमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य विष्णुमाया सुबेदी र सञ्चालन सिता गुरुङले गरेकी थिइन भने संस्थापक अध्यक्ष बिनिता बराल अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







