पोखरामा डोजरले च्यापिएर चालकको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराको लामेआहालस्थित डम्पिङ साइडमा पोखरा महानगरको डोजर पल्टिँदा सोही डोजरका चालकको मृत्यु भएको छ ।

बिहीबार पोखरा ३२ स्थित लामेआहलस्थि डम्पिङ साइडमा फोहोर व्यवस्थापन गर्ने क्रममा महानगरको ग १ त १३४ नम्बरको डोजर अनियन्त्रित भई पल्टिँदा चालक पोखरा १५ रामबजारका अन्दाजी ६०/६२ वर्षिय मुसाफिर दासको मृत्यु भएको हो ।

फोहोर व्यवस्थापन गरिरहेका दासलाई आफैले चलाइरहेको डोजर अचानक अनियन्त्रित भई पल्टिँदा सोही डोजरले च्यापेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।