प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन । प्रधानमन्त्री दाहालले बुधबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय भएन । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।