पाल्पा – पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुलेको छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ४० वर्षीया राधिका पौडलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बस दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घाइते सबैको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
बुटवलबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ५ जोरधारामा दुर्घटनामा परेको हो । बस सडकबाट तल भिरमा खेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







