वैशाख १० पोखरा । पोखरामा चौधरी ग्रुप अन्र्तगतको सिजी डिजिटल मल्टिपल ब्राण्डको शोरुम औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
पोखराको अर्चलबोटस्थित सिजी बिल्डिङमा आइतबार एक कार्यक्रमकाविच औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
शोरुमको पोखरा २ का वडाध्यक्ष दीवशमान प्रधानाङ्ग र कम्पनीका वरिष्ठ प्रवन्धक बसन्त पालले संयूक्तरुपमा उद्घाटन गरे ।
शोरुमको उद्घाटन गर्दै वडाध्यक्ष प्रधानाङ्गल शोरुमले यस क्षेत्रका स्थानियलाई घरायासी विद्युतिय सामानका लागि महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड नै पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सिजीको आधिकारिक ब्राण्डको शोरुमनै पोखरामा सञ्चालन हुनु समग्र गण्डकी प्रदेशका ग्राहकहरुका लागि राम्रो भएको बताए ।

शोरुममा सिजीका विद्युतिय घरयासी समानसँगै अन्य १२ बढी ब्राण्डहरुद्वारा उत्पादित सामानहरु रहेको शोरुमका म्यानेजर सुमन घिसिङले जानकारी दिए । शो रुममा सिजीसहित मिइडा, टीसीएल, ब्यालकप्लस डेकर, पीजन, एलिका, किन्को, गोद्रेज, बेको लगायतका ब्राण्डबाट उत्पादित टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, डिस वासर, भ्याकुम क्लिनर, एसी, चिम्नी लगायतका सामानहरु उपलब्ध रहेको म्यानेजर घिसिङले बताए । उनका अनुसार औपचारिक शुभारम्भको अवसरमा हरेका सामानको खरिदमा १८–२० प्रतिशतसम्म छुटका साथै आर्कषक गिफ्टह्याम्परकोपनि व्यवस्था रहेको छ ।
विहान १० वजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आउने शोरुममा विभिन्न १४ वटा बैंक तथा वित्तियसंस्थासँगको सहकार्यमा ईएमआई सुविधापनि सञ्चालन गरिएको शोरुमले जनाएको छ ।
पोखरामा सञ्चालनमा आएको सिजीको यो २२ औं शाखा हो । काठमाण्डौंपछि सिजीको हेटौंडा र इटहरीमा पनि यस्तै शाखा सञ्चालनमा आइसकेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र…







