तनहुँ–१ उपनिर्वाचन: रास्वपाका वाग्लेको भारी मतान्तरको अग्रता


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित




तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा। स्वर्णिम वाग्लेले ११ हजार मत कटाएका छन् ।

पछिल्लो परिणाम अनुसार डा.वाग्लेले ११ हजार ४२८ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४३५ मत पाएका छन् ।

यस्तै, नेकपा ९एमाले० का उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा ६३ हजार सात सय ५७ मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।