बारामा उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहको अग्रता


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित




फाइल तस्विर

बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ९९५ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ७८७ मत पाएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।