तनहुँ – १ मा रास्वपाका वाग्ले झण्डै १० हजार मतले अगाडी


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८० मा प्रकाशित




पोखरा । आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना जारी रहेको छ ।

पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुवाती अग्रता कायम गरिरहेको छ ।

पछिलो मत परिणाम अनुसार तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेले २२ हजार ८२ मतसहित गोविन्द भट्टराईलाई लिड गरिरहेका छन् । कांग्रेसका भट्टराईले १२ हजार ६४२ मतसहित रास्वपाका वाग्लेलाई पछ्याई रहेका छन् ।

यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत सहित तेश्रो स्थानमा छन् ।

तनहुँ १ मा रास्वपाका वाग्लेले कांग्रेसका भट्टराईसँगको मतान्तर ९ हजार ४४० ले बढाएका छन् भने एमालेका खनालसँगको मतान्तर १५ हजार ६२४ रहेको छ । यस्तै मंगोल नेशनल अर्गानाइजेसनका प्रेमबहादुर थापाले १३७ मत ल्याएका छन् ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पद रिक्त भएकाले उपनिर्वाचन भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।