नेप्सेमा दोहोरो अङ्कको सुधार


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०८० मा प्रकाशित




नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो ।

आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।
आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ९५ दशमलव ४२ र उत्पादन तथा प्रशोधन समूह ७९ दशमलव ६३ अङ्कले बढेको छ ।
 
आज बैंकिङ समूह १२ दशमलव १७, विकास समूह ५७ दशमलव ०५, वित्त समूह १७ दशमलव ४९, होटल तथा पर्यटन समूह ६६ दशमलव ९७ र जलविद्युत् समूह १२ दशमलव नौ अङ्कले बढेको छ ।

त्यस्तै जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ३०, उत्पादन समूह १५ दशमलव ८०, व्यापार समूह १३ दशमलव २२ र अन्य समूह छ दशमलव ७४ अङ्कले बढेको छ ।

आज तारागाउँ होटल रिजेन्सीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड ९१ हजार पाँच सय ५७ बराबरको एक लाख ६६ हजार २२ कित्ता शेयर किनबेच भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।