फाइल तस्विर : रामचन्द्र पौडेल, राष्ट्रपति
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
उनी हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स ९एम्स० मा भर्ना भई उपचाररत छन् । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भएपनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहेको परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







