वेपत्ता पूर्ण पौडेलको नाममा प्रतिष्ठान स्थापना, अध्यक्षमा केदार


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०८० मा प्रकाशित




दशवर्षे जनयुद्धका क्रममा वेपत्ता पारिएका कास्कीका पूर्ण पौडेलको नाममा प्रतिष्ठान घोषणा भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका पौडेलको नाममा पूर्ण पौडेल प्रतिष्ठान घोषणा गरिएको हो । वेपत्ता पौडेलकी आमा मोतीमाया पौडेलको संरक्षकत्वमा गठीत प्रतिष्ठानको अध्यक्षमा वेपत्ता पौडेलका दाजु केदार पौडेल रहेका छन् । त्यस्तै, उपाध्यक्षमा अर्का दाजु कमल पौडेल, सचिवमा पौडेलकी जीवन संगिनी सावित्रा दुरा र कोषाध्यक्षमा पौडेलकी बहिनी तेजकुमारी पौडेल (तेजु) रहेका छन् ।

प्रतिष्ठानको सदस्यहरुमा वखानसिंह गुरुङ, महेन्द्रमणी पौडेल, पूर्णजित पुन, शिव खनाल, डा.रवी थापा, रश्मी थापा, रवीप्रकाश गुरुङ, कल्पना चिलुवाल र शुक्र चुमान रहेका छन् ।

प्रतिष्ठानले सहिद, वेपत्ता तथा घाईतेहरुको हक, हित र अधिकारका बारेमा बहस पैरवी गर्नुका साथै सामाजिक कार्यहरुपनि गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।