पोखरा । विश्व टेबलटेनिस डेको अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्युनिकरणको लागि काम गर्ने गैरसरकारी संस्थाविच टेवलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि, नौलो घुम्ती नेपालका पुर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य खड्गबहादुर रानाभाटले उद्घाटन गर्दै व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठुलो हुने वताएका थिए ।
जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलिप गुरुङले टेवलटेनिस खेलले व्यक्तिको मानसिक तथा शारिरीक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नु पर्ने वताए ।
प्रतियोगितामा मेन्स सिङगल तर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोश्रो, हेल्पिङ हेन्सका संजित केसी र सुमन क्षेत्री तृतिय भएका थिए ।
त्यस्तै वुमन्स सिङगल तर्फ प्रथम, दोश्रो र तृतिय सबै नौलो घुम्ती नेपालका क्रमशः निलिमा रजक, अन्जना थापा मगर, अनु दवाडी र सिवानी गौतम भएका थिए ।
त्यसै गरी मेन्स डबल तर्फ हेस्पिङ हेन्सका संजित केसी र सागर सापकोटा प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा र अनिष सापकोटा दोश्रा, रिचमण्ड फेलोसिपका अनुस त्रिपाठी र विकास क्षेत्री तथा मनोज कुमार गुरुङ र सन्तोष गुरुङ तृतिय भएका थिए ।
इन्टरनेशनल टेवलटेनिस फाउण्डेसनको आर्थिक सहयोगमा लागु पदार्थ दुव्र्यसनीको उपचारार्थ रिहावमा भर्ना भएका व्यक्तिहरुलाई टेवलटेनिस खेलको माध्यमबाट सोचाइमा सकरात्मकता ल्याइ जिवन शैलीमा परिवर्तन ल्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको नौलो घुम्ती नेपालका कार्यक्रम संयोजक ओम गुरुङले वताए ।
उक्त प्रतियोगितामा कास्की जिल्लामा रहेका कम्युनिटि सपोर्ट ग्रुप, रिचमण्ड फेलोसिप, गौरब नेपाल, नौलो घुम्ती नेपाल, रिकभरी नेपाल, हेल्पिङ हेन्स् लगाएत ८ वटा संस्थाका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
विजेता खेलाडीहरुलाई जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी, संघका सचिव तथा पत्रकार कृष्ण रानाभाट, रिकभरी नेपालका दिलिप गुरुङ लगाएत अतिथिहरुले मेडल, प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







