वात्सल्यको भक्तपुरमा नयाँ शाखा, निःशुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित




काठमाण्डौँ । वात्सल्य नेचुरल आई. भी. एफ.ले भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । निःसन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्यले नयाँ वर्षबाट संचालनमा ल्याइएको क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विश्वास व्यक्त गरे ।

नयाँ शाखा सञ्चालनको अवसरमा भक्तपुरबाट सीमित समयका लागि अल्ट्रासाउण्ड र आई.यू.आई निःशुल्क प्रदान गरिने उनको भनाइ छ ।उनले भने, “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र आई. यू.आई निःशुल्क प्रदान गर्दैछौँ ।

” सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आई. यू.आई मार्फत् सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्ने वात्सल्यको भनाइ छ।

उक्त शाखामार्फत सन्तान नहुने समस्या सम्बन्धि परामर्श, कारण पहिचानका लागि विभिन्न परीक्षण, आई.यू. आई, गर्भावास्था बेलाको जाँच र परामर्शलगायतका सेवा उपलब्ध हुने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।