मध्यरातदेखि संसद् अधिवेशन अन्त्य


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित




काठमाण्डौं । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।

सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका काम कारबाहीको विवरण सुनाएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।