पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८० मा प्रकाशित




प्रतिकात्मक तस्विर

पोखरा । पोखरामा शनिबार पौडी खेल्ने क्रममा खोलामा डुवेर एक बालकको मृत्यु भएको छ ।

पोखरा १७ पावर हाउसस्थित फुर्सेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पोखरा–१५ नयाँगाउँ बस्ने रोनिष गुरुङ रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएको सुचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरि प्रसाद पौडेलको कमाण्डमा रेस्क्यू सहित १० जनाको टोलीले उद्दार गरि उपाचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाएकोमा चिकिस्कले मृत घोषणा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।