राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८० मा प्रकाशित




फाइल तस्विर : रामचन्द्र पौडेल, राष्ट्रपति

नयाँ दिल्ली । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत रहेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपति पौडेल भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने पनि दूतावासले उल्लेख गरेको छ ।

“सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्”, विज्ञप्तिमा भनिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।