पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८० को लागि पहिलो चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ ।

प्रतिष्ठानले यही बैशाख १६ गते फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा उक्त छनौट परीक्षा सम्पन्न गरेको संस्थाका अध्यक्ष चित्रबहादुर तमुले बताए ।
उक्त परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत ३६ जना तमु विद्यार्थीहरु सहभागी भएका थिए । सोहि कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमुले सहभागी विद्यार्थीहरुलाई संस्थाको बारेमा चर्चा गर्नुका साथै मोटिभेसनल स्पिच दिएका थिए ।
२१ वटा जिल्लाहरुलाई समेटेर छात्रवृत्ति वितरण गरिरहेको यस संस्थाले यसपछि चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, तनहुँ, लमजुङ, गोर्खा लगायतका जिल्लाहरुमा पनि छात्रवृत्ति छनौट परीक्षा संचालन गर्ने कार्यक्रम रहेको छात्रवृत्ति छनौट उपसमितिका संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले जानकारी दिए।
उनका अनुसार लिखित र मौखिक परीक्षामा सर्वोत्कृष्टताको आधारमा विद्यार्थीहरु छनौट गरि छात्रवृत्ति प्रदान गरिने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







