पोखरामा कुमार नगरकोटीको आख्यान लेखन कार्यशाला हुने


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०८० मा प्रकाशित




पोखरा । साहित्यमा नयाँ नयाँ प्रयोग गरिरहने लेखक कुमार नगरकोटीले अब आफ्नो नयाँ प्रयोग आख्यान लेखन कार्यशालामार्फत गर्ने भएका छन् । उक्त कार्यशाला यही बैशाख २२ देखि २४ गतेसम्म पोखरामा हुने भएको छ ।

लेखनमा आफ्नो निजी अनुभवका साथमा नगरकोटीले आख्यानका विविध पक्षहरुमा प्रस्तुति दिनेछन् । कार्यशालाको प्रशिक्षक रुपमा उनी पहिलो पटक पोखरामा प्रस्तुत हुँदैछन् । तीन दिनसम्म चल्ने सो कार्यक्रमको आयोजक संस्था नौलो बहस हो । यस किसिमको कार्यक्रम विदेशतिर प्रायः भइरहने भएता पनि नेपालमा भने यस किसिमको कार्यशाला कमै हुने गरेको आयोजकको दाबी छ । यो कार्यशाला आख्यानमा रुचि भएका, लेख्ने सोच बनाएका र लेख्दै गरेका सर्जकहरुलाई फलदायी हुने कुरा कार्यक्रम संयोजक दीपक पराजुलीले बताए । कार्यक्रम सशुल्क रहेको र प्रति ब्यक्ति ५ हजार रुपैया रहेको र इच्छुक महानुभाबले हिमालयन रिडर्स कर्नर न्युरोड पोखरामा सम्पर्क गर्न सक्ने आयोजकले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।