सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशको दोश्रो अधिवेशनले कालिदास सुवेदीको अध्यक्षतामा ४५ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा खगराज सापकोटा र किशोर सापकोटा,महासचिव आशु विश्वकर्मा, सचिव केशवचन्द्र न्यौपाने,उपसचिव मिना अधिकारी र कोषाध्यक्षमा लिला दवाडी एवम् ३८ जना सदस्य सर्वसम्वत निर्वाचित भएका हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष एवम् वागमती प्रदेश सभा सदस्य भारती पाठकले अधिवेशनको उद्घाटन गर्दै वन पैदावारलाई समृद्धिको अभियानमा जोडनुको विकल्प नभएको बताए ।
सामुदायिक वनको काठ उपयोग नहने र बार्षिक विदेशबाट खरवौको काठ र काठजन्य वस्तु आयात हुने अवस्थाको अन्त्य गर्न सर्वसुलभ नितीको खाचो रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिए ।
वनको सम्पूर्ण अधिकार स्थानीयत तहलाई उपलव्ध गारउनु पर्ने माग गर्दै अध्यक्ष पाठकले भने, “उपभोक्ताले छोराछोरी जस्तै गरि हुर्काएको वन टुलुटुलु हेरेर होईन निर्वाधकरुपमा उपयोग गर्न पाउनु पर्दछ ।”
गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् कास्कीको रुपमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मानव वन्य जन्तुद्धन्द अन्त्यका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए ।
बाँदर लगायतका वन्य जन्तुले कृषकलाई गाउँमा अडिनै नदिएको उल्लेख गर्दै उनले कानूनी प्रकृया मिलाएर नेपाल र चाईना बीच बाँदर र च्याङग्रा आदान प्रदान गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष भिमप्रकाश खड्का, महासचिव विर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतमले उपभोक्ताको अथक प्रयासबाट वन क्षेत्र वृद्धि भएको उल्लेख गर्दै दिगो वन व्यवस्थापन प्रणालीमार्पm वन पैदावारको उपयोग गर्नुपर्नेमा जोड दिए ।
महासंघ प्रदेश अध्यक्ष कालिदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खगराज सापकोटा, कास्की अध्यक्ष विश्वनाथ लामिछाने, स्याङजाका पूर्वअध्यक्ष दोवबहादुर कार्की लगायतले वनको महत्व माथि चर्चा गरेका थिए । अधिवेशनमा महासचिव रत्ना घिमिरे र कोषाध्यक्ष गिता शर्माले सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका छ सय प्रतिनिधिको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







