मुस्ताङका महिलाहरुलाई नेतृत्व विकास तालिम


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०८० मा प्रकाशित




मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङमा महिलाहरुको लागि ५ दिने उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको महिला ,बालबालिका तथा जेष्ठ नागरीक शाखाद्घारा आयोजित तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रीङजीन नामगेल गुरुङले महिलाहरुको नेतृत्व विकासका लागि तालिम निकै प्रभावकारी भएको बताए । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने उनले बताए ।

विशेष अतिथीको रुपमा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जर्नादन आचार्यले तालिमपछि महिलाहरुको बोल्ने,भाषण गर्ने कलामा विकास भै आत्मविश्वास बनेकोमा खुशी व्यक्त गरे । वडा नं ३ का अध्यक्ष विनोद गुरुङले यस्ता तालिमले महिलाहरुमा क्षमता विकास गरी समाजमा नेतृत्वदायी भुमिका खेल्ने बताए ।

सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेको तालिममा वडा नं ३ का छुसाङ,चैले,घ्यागर ,तेताङ गाउँका करीव २५ जनाको सहभागिता रहेको शाखा प्रमुख ललिता पौडेलले बताइन । उक्त समापन कार्यक्रम वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।