बुद्ध जयन्तीको अवसरमा याङ्जाकोटमा भोलिदेखि बैशाख पूर्णिमा मेला लाग्ने


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०८० मा प्रकाशित




पोखरा, बैशाख २०

कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा भोलिदेखि मा बैशाख पूर्णिमा मेला आयोजना हुँदैछ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर मेला आयोजना गर्न लागेको हो । भोलिदेखि शुरु हुने मेला तीन दिनसम्म अर्थात बैशाख २३ गतेसम्म जारी रहने आयोजक याङ्जाकोट मिलन युवा क्लबले जनाएको छ ।

मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाका अवसरमा सांस्कृतिक कार्यक्रमसँगै भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, छेलो (ठेलो) हान्ने प्रतियोगिता, हाफ म्याराथन तथा सामुहिक नृत्य प्रतियोगिता हुने क्लबका अध्यक्ष बिकास गुरुङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत हुने खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता र खुल्ला बास्केटल बल प्रतियोगिता हुने जनाइएको छ । दुबै प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ र दोस्रो हुनाई ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

मेलाको अवसरमा आयोजना हुने सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, दोस्रो हुनेलाई ५५ हजार प्रदान गरिने उनले बताए । त्यस्तै, ठेलो प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुने समूहले १५ हजार प्रदान गरिने क्लवले जनाएको छ । यसैगरी, रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार र दोस्रो हुने समूहलाई १० हजार रुपैया प्रदान गरिनेछ भने कुर्सी दौड प्रतियोगितामा प्रथम हुने समूहलाई ५ र दोस्रो हुने समूहलाई ३ हजार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

मेलाको अवसरमा क्लबले हाफ म्याराथन समेत आयोजना गर्दैछ । म्याराथनमा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० र तेस्रो हुनेलाई ५ हजार प्रदान गरिने उनले बताए ।

तीन दिनसम्म चल्ने मेलाबाट करीब २५ लाख आम्दानी र २१ लाख ५९ हजार ३ सय २२ रुपैया खर्च गरेर ३ लाख ४१ हजार रुपैयाँ बचत गर्ने लक्ष्य लिएको क्लवले जनाएको छ ।

मेलाको अवसरमा होमस्टेमा विशेष छुट दिईने क्लवले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।