फाइल तस्विर
वैशाख २०काठमाण्डा । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतवार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वैशाख २४ गते दिउँसो ४ बजे आह्वान गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका सांसद र राष्ट्रिय सभाका सदस्यलाई तोकिएको मिति, समय र ठाउँमा त्यस दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सूचनामा उल्लेख छ ।
बर्खे अधिवेशनका रूपमा रहेको यस अधिवेशनको सुरुमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आय–व्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







