पोखरा, बैशाख २१
कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा बैशाख पूर्णिमा मेला शुरु भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको मेलाको स्थानिय समाजसेवी एकानसिंह गुरुङले उद्घाटन गरे । तीन दिनसम्म चल्ने मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आफ्नै गाउँठाउँको विकासका लागि सबै जुट्नुपर्ने बताए । जन्मथलो छाडेर सहर पसेका होस् वा विदेश पुगेकालेपनि जन्मथलोको विकासमा योगदान गरे विकासले कोल्टो फेर्ने बताए ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मेलाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धन, स्थानिय उत्पादनको प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने आश्वासन दिए ।
मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाको पहिलो दिन भलिबल, बास्केटबललगायतका खेलहरु शुरु भएका छन् । भलिबलको उद्घाटन खेलमा मादी–बी ले पोखरा–२० मौजालाई २–१ को सेटमा पराजित गर्दै बिजयी शुरुवात ग¥यो । प्रतियोगितामा छेलो (ठेलो) हान्ने प्रतियोगिता, हाफ म्याराथन तथा सामुहिक नृत्य प्रतियोगितापनि हुने क्लबका अध्यक्ष बिकास गुरुङले जानकारी दिए ।
मेलाको पहिलो दिन चिज गुरुङ र मीना लामाको प्रस्तुतीमा दर्शक झुमेका थिए । दोश्रो दिन दिउँसोमा कृष्ण कँडेलको ईन्द्रेणी कार्यक्रमको लाईभ प्रस्तुती र साँझमा पोखरेली लेकाली व्याण्डको लाईभ प्रस्तुती रहने अध्यक्ष गुरुङले बताए ।
मेलाको अवसरमा होमस्टेमा विशेष छुट दिईएको क्लवले जनाएको छ । पहिलेको तुलनामा अहिले १५ प्रतिशत छुट हुने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र…







