आज २५६७औँ बुद्ध जयन्ती


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०८० मा प्रकाशित




आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७औँ बुद्ध जयन्ती , विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालमा ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थियो ।

बुद्ध जयन्ती अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैबीच आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज विशेष कार्यक्रम हुँदैछ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिङ्गारिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।