तमु साँस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८० मा प्रकाशित




वैशाख २४ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८० को लागि विभिन्न जिल्लामा छात्रवृत्तिका लागि छनौट परीक्षा सम्पन्न गरेको छ । प्रतिष्ठानले शुक्रबार र शनिबार चितवन, नवलपुर वर्दघाट सुस्ता पूर्व, नवलपरासी वर्दघाट सुस्ता पश्चिम र रुपन्देहीका तमु विद्यार्थीहरुविच छात्रवृत्तिका लागि छनौट परीक्षा सम्पन्न गरेको हो ।

तमु प्ये ल्हु संघ जिल्ला समिति चितवनको समन्वय र व्यवस्थापनमा शुक्रबार भरतपुर महानगरपालिका–११ का विभिन्न सामुदायिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत २३ जना दोश्रो चरणको छात्रवृत्ति छनौटमा सहभागी भएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।

यस्तै नवलपुर वर्दघाट सुस्ता (पूर्व) , नवलपुर वर्दघाट सुस्ता (पश्चिम) र रुपन्देहीका २२ जना तमु विद्यार्थीहरुका लागि शनिबार छनौट परीक्षा सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ । परीक्षा तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला समित नवलपुर वर्दघाट सुस्ता (पश्चिम) को समन्वयमा सुनवल–५, बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो ।

लिखित तथा मौखिक रुपमा सञ्चालन भएको परीक्षामा उत्कृष्टताको आधारमा विद्यार्थी छनौट गरिने छात्रवृत्ति छनौट समिति संयोजक एवं प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजंग तमुले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।