काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ ।
पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मूख्यालयमै बस्ने छ । बैठक बिहान १० बजेबाट सुरू हुने छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो । एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १० वटा विषयमा छलफल हुने जनाइएको छ ।
बैठक तीन दिनसम्म चल्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







