स्टेप बाई स्टेप मा. वि.ले विद्यालयमा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको पुनर्गठन गरेको छ ।
रिवर्तन गर्न पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा रासिका श्रेष्ठ रहेकी छन् । उपाध्यक्ष, सचिव, सहसचिव कोषध्यक्षमा क्रमश विपिन रावत, आयुष पौडेल, भेनिसा शर्मा र प्रशान्त तिमिल्सिना रहेका छन् भने सदस्यहरुमा एलिना रसाइली, आर्यन थापा, लोचना बराल, उत्सव शर्मा र राजन क्षेत्री चयन भएका छन् । शिक्षक नायकको, जिम्मेवारी लक्षमण भण्डारीलाई दिइएको छ ।
असिमा तिमिल्सिनको अध्यक्षतामा पुनर्गठित क्वालिटी सर्कलको उपाध्यक्षमा विल्सन न्यौपाने, सचिवमा ममता गिरी, सहसचिवमा डेनिसा तिमिल्सिना र कोषाध्यषमा वर्षा सापकोटा चयन भएका छन् । सदस्यमा कृपा भण्डारी, सुविधा लामिछाने, अदिती पराजुली, प्रियास आचार्य, आयुषा लामिछाने, असिम गैरे र रोजित सापकोटा सर्वसम्मत रुपमा चयन भएका छन् । शिक्षक संंयोजकमा विवेक गौतम रहेका छन् ।
त्यसैगरी ग्रो सर्कलको अध्यक्षमा कोसिस क्षेत्री सर्वसम्मत छनोट गरिएको छ भने उपाध्यक्ष, सचिव, सहसचिव र कोषध्यक्षमा क्रमशः साहिल लामिछाने, सदिस्मा पौडेल, सुमित तिमिल्सिना र रोशन पाठक चयन भएका छन् । सदस्यमा अंकिता खड्का, आशिष अधिकारी, वसन्ती बराल, विविषा के.सी., उज्जवल भट्टराई, विजय बराल र पुकार खड्का चयन भएका छन् । शिक्षक नायकको जिम्मेवारी रुपेश पौडेललाई दिइएको छ ।
कार्यक्रममा वोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले, सर्कलको नेतृत्वमा रहेर कार्य गरी नेतृत्व विकास गर्न, सामाजिक सेवाको भावना विकास गर्न र अत्मवल अभिबृद्धि गर्न सकिने कुरा बताउँदै विद्यार्थीहरुलाई इमान्दार भई जोसजाँगरले कार्य गर्न सुझाव दिइन् ।
विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थीको चौतर्फी उन्नतिका लागि यस्ता सर्कलको निर्माण गरिएको र विद्यार्थीहरुले आफ्नो काम र कर्तव्य पूरा गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल दीपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले पनि सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा सकलहरुले गतवर्ष गरेका गतिविधि र आउने वर्षको योजनाहरु प्रस्तुत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







