सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विध्यालयमा रुपा गाउँपालिका वडा नं ५ का वडा सदस्य श्री मिना कुवर ज्यूको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मिना कुवर ज्यूले क्लबले गर्दै आएको सहयोगले अभिभावकहरुमा विद्यार्थीको पठन पाठन तथा विद्यालय नियमित पठाउन उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै विद्यालयलाइ वडा कार्यालय बाट पनि सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठले क्लबको सहयोग कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमिततामा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुनेमा विश्वाश व्यक्त गरे । त्यसैगरि कार्यक्रममा सिद्धार्थ क्लबका निर्देशक विनोद प्रसाद श्रेष्ठले क्लबले बाल, शैक्षिक, महिला र वातावरणका क्षेत्रका कार्यक्रमहरु गर्दै आइरहेको बारे जानकारी गराए ।

अभिभावक संघ का अध्यक्ष पुन नारायण श्रेष्ठले सरकारी विद्यालयमा शैक्षिक गुणस्तरको वृद्धि गर्न विद्यालय प्रतिवद्ध रहेको जानकारी गराउदै बालबालिकाहरुलाई सरकारी विद्यालयमा पढाउन अनुरोध गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तर कुमार जोशी र विद्यालयका प्रधानाध्यापक पार्वती ढुङ्गानाले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण रहने बारे भनाई राख्दै सहयोगको उचित सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । साथै उहाहरुले अभिभावकहरुलाई विद्यार्थीको शैक्षिक अवस्थाबारे सक्रिय रुपमा जानकारी लिनका साथै सरकारी विद्यालयलाई माया गरिदिन अनुरोध गरे ।
कार्यक्रममा ३९ विद्यार्थीहरुका लागी आवश्यक कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो । क्लबका सचिव रवि मर्सानीले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







