फाइल तस्विर
काठमाण्डौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ ।
ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको एकीकृत वार्षिक कार्ययोजनाबारे छलफल गरिने छ ।
आजको केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकले एकीकृत वार्षिक कार्ययोजना बनाउने छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







