,

जनताले महसुस गर्ने गरी काम गर्छौ :गण्डकी मुख्यमन्त्री पाण्डे


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८० मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए ।

“आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ”, उनले भने ।

साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।