लमजुङमा तमु सांस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८० मा प्रकाशित




वैशाख ३१ लम्जुङ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले लम्जुङमा चौंथो चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ ।
प्रतिष्ठानले शनिबार लम्जुङको क्होलासोंथर गाउँपालिका, वडा नं. २, मालिङ गाउँस्थित शारदा माध्यमिक विद्यालयमा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको हो ।
परीक्षामा जिल्लाका विभिन्न विद्यालयमा कक्षा ९ मा अध्यनरत २२ जना तमु विद्यार्थीहरु सहभागी भएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए । प्रतिष्ठानले वर्षेनी सञ्चालन गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्न सो परीक्षा सञ्चालन गरिएको अध्यक्ष तमुले बताए ।

उत्कृष्टताका आधारमा शैक्षिकसत्र २०८० लागि छात्रवृत्ति प्रदान गर्ने गरि छनौट चरण अन्तरगत चौंथो चरणको परीक्षा सञ्चालन गरिएको प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका छात्रवृत्ति छनौट समितिका संयोजक श्रीजङ तमुले जानकारी दिए ।

अध्यक्ष तमुको नेतृत्वमा उपाध्यक्ष एवं छात्रवृत्ति छनौट समितिका संयोजक तमु, सचीव कन्चन तमु, सह–सचीव भेषबहादुर तमु, कोषध्यक्ष श्यामबहादुर तमु, सदस्य लक्ष्मी तमु लगायतको टोली परीक्षा सञ्चालनकालागि लम्जुङ पुगेको थियो ।

सो अवसरमा आयोजित कार्यक्रममा क्होलासोंथर–२ का वडाध्यक्ष खुशीमान तमु, शारदा मा.वि. का प्रधानाध्यापक मेषबहादुर तमु, पूर्व प्रधानाध्यापक रघुनाथ तमु, उत्तरकन्या मा.वि. का प्रधानाध्यापक शोभाधर अधिकारी, तमु प्ये संघ केन्द्रीय क्ल्हेप्री समितिका उपाध्यक्ष सन्तोष तमु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीसँगै उनीहरुका अभिभावकहरुको उल्लेखीय उपस्थिति छनौट समिति संयोजक तमुले जानकारी दिए ।
प्रतिष्ठानले यसअघि कास्की, पर्वत, स्याङ्जा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही जिल्लाहरुमा यस्तै परीक्षा सञ्चालन गरिसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।