४ दिनदेखि बेपत्ता काठमाण्डौंका अर्यालको खोजी गरिँदै


     एभरेस्ट आवाज    
     जेठ १ गते २०८० मा प्रकाशित




पोखरा । चार दिनदेखि सम्पर्कविहिन काठमाण्डौंको टोखा बस्ने वर्ष २८ का विश्वास अर्यालको पोखरामा प्रहरीले खोजतलास शुरु गरेको छ ।

काठमाण्डौंको टोखा नगरपालिका–८ टोखा बस्ने अर्याल शुक्रबार साथीको बिहेमा पोखरा जान्छु भनेर हिँडेकोमा हालसम्मपनि सम्पर्कमा नआएको भन्दै आफन्तले खोजतलासको लागि प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा कास्की प्रहरीले खोजतलास शुरु गरेको हो ।

आफन्तको अनुरोधमा प्रहरीले सम्भावित स्थानमा खोजी गर्ने क्रममा सोमबार पोखरा–३ नदीपुरस्थित सेती नदी खोंच आसपासमा क्षेत्रमा खोजतलास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विश्वकर्माले जानकारी दिए ।

अर्यालको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको उद्दार टोली खोज तलासमा परिचान भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।