धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब २९ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६० मा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य एक प्रतिशतले ओरालो लागेर तीन सय ४९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल २० लाख ६३ हजार सात सय ३७ कित्ता शेयर रु ६४ करोड एक लाख १७ हजार दुई सय ६० मा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको रु पाँच करोड एक लाख ४६ हजार तीन सय ६१ बराबरको शेयर कारोबार भयो ।
शिवम् सिमेन्टको रु दुई करोड ८८ लाख ९२ हजार सात सय ९०, नबिल बैंकको रु दुई करोड १६ लाख ८५ हजार दुई सय ७७, नेपाल इन्सयोरेन्स कम्पनीको रु एक करोड ६७ लाख एक हजार दुई सय ९६ र हिमालयन बैंकको रु एक करोड ६४ लाख ३४ हजार तीन सय ४८ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा नौ दशमलब ९९ प्रतिशतले बृद्धि भएको छ ।
यस्तै माया खोला हाइड्रोपावर पाँच दशमलब ७०, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ३५, सनराइज फोकस इक्विटी फण्ड चार दशमलब ५८ र राप्ती हाइड्रोका लगानीकर्ताले चार दशमलब ५३ प्रतिशतले कमाएका छन् ।
यस्तै माया खोला हाइड्रोपावर १०, एनआइबिएल ग्रोथ फण्ड पाँच दशमलब ६४, इस्टर्न हाइड्रोपावर चार दशमलब ५९, मानुषी लघुवित्त चार दशमलब ३३ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले तीन दशमलब शून्य आठ प्रतिशतले गुमाएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







