मृगौला पिडित गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकको आर्थिक सहयोग


     एभरेस्ट आवाज    
     जेठ २ गते २०८० मा प्रकाशित




पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला पिडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला पिडित लिनाका बुवा जगनप्रसाद गुरुङलाई आर्थिक सहयोग हस्तातरण गरेका हुन् ।

फाउण्डेशनका सस्थापक अमृत गुरुङले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरेर ६ लाख ४१ हजार २ सय ६० रुपैयाँ जगनप्रसाद गुरुङलाई आज (मंगलबार) काठमाडौं टिचिङ अस्पताल परिसरमा हस्तातरण गरेका हुन् ।

अन्नपूर्ण –११ घान्द्रुक उरीकी ८ वर्षीय लिना गुरुङलाई चैत १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-पोखरा पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा )मा स्वास्थ्य जाँच गर्दा स्वास्थ्यकमीले दुवै मृगौला फेल भएको जानकारी गराएपछि उपचारका लागि काठमाडौं लगिएको परिवारले जनाएको छ ।

लिना गुरुङले अहिले काठमाडौंको टिचिङ अस्पतालमा नियमित डायलासिस गरारहेकी छिन् । जगनप्रसाद गुरुङको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग संकलन गरेर हस्तातरण गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।