पोखरा, बैशाख ४
पोखरामा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टि.ए.भि.आई.)मार्फत उपचार गरिएका विरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’बाट उपचार गरिएका ८६ वर्षिय कालिदास तिमिल्सीना ४ दिनपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका हुन् । तिमिल्सिनाको बरिष्ठ कार्डीयोलोजिस्ट डा.अमितकुमार चौरासिया, डा.नवराज पौडेल लगायतको टोलीले एओर्टीक भल्वको सफल प्रत्यारोपण गरेका थिए । चिकित्सकको टोलीले मुटुमा झण्डै १ घण्टा ३० मिनेट लगाएर सफल ‘टि.ए.भि.आई.’ गरेका थिए । मुटुको मुख्य पाइपमा भएको भल्व साँघुरो वा सुकेकाले मुटुका नसाहरुले राम्रोसँग ब्लड नपाएपछि समस्या देखिएकाले सो प्रविधिबाट उपचार गरिएको डा.चौरासियाले बताए ।
शल्यकृयामा सहभागि डा.नवराज पौडेलले विरामीको स्वास्थ्य सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताए । उनले मनिपालले पहिलो पटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टि.ए.भि.आई.)मार्फत गर्न पाएको र सो उपचार सफल भएको भन्दै भने,‘उपचार सफल भएकोमा हामी खुशी छौं । हामीलाई विश्वास गरेर उपचार गरिदिनु भएकोमा विरामी र विरामीका आफन्तलाई धन्यवाद छ ।’ उनले भविष्यमापनि यस्ता खालका उपचार गर्न अस्पताल र चिकित्सक टोली सेवा दिन तत्पर रहेको भन्दै त्यसका लागि सम्झिदिन आग्रह गरे ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले अब मुटुको उपचारका लागि काठमाडौं वा विदेश भौतारिरहनु नपर्ने बताए । उनले भने,‘पहिले पहिले यस्तो उपचारका लागि भारतलगायतका ठाउँहरु जानुपथ्र्यो । तर अब पर्दैन । यहिं पोखराको मनिपाल अस्पतालमै सम्भव भएको छ ।’ पोखरेलीका लागि यो सुखद खबर भएकाले आगामी दिनमा यसको भरपूर उपयोग गर्न उनले आग्रह गरे ।
उपचारपछि डिस्चार्ज भएका विरामी कालिदास तिमिल्सीनाले पोखरामै उच्चस्तरको गुणस्तरीय सेवा पाएर आफूले पुर्नजन्म पाएको भन्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए ।
विरामीका छोरा डा.विश्वदीप तिमिल्सिनाले मनिपालको सेवाबाट आफूहरु सन्तुष्ट रहेको बताए । ‘भल्वले काम गरेको महशुष गरेका छौं । डाक्टरहरुलाई विश्वास गरेर उपचार गरिएको र यसले सफलता पाउँदा हामी खुशी र सन्तुष्ट छौं । डाक्टरहरुलाई धन्यवाद । आगामी दिनमा पनि यस्ता शल्यकृयाहरु भईरहने अपेक्षा गर्छौं’–उनले भने । डा.विश्वदीप मणिपालमै कार्यरत सर्जन हुन् ।
उपचार प्रविधिले फड्को मार्ने क्रममा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टि.ए.भि.आई.) उपचार आएको डा.अमितकुमार चौरसियाले बताए । उनले भने,‘पहिलो पहिले छाती खोलेर मुटुको शल्यक्रिया गरिन्थ्यो । पछि चाहिँ यो प्रक्रिया (टि ए भि आई) सुरु भएको हो । अहिले छाती नखोली खुट्टाबाटै रिप्लेसपेन्ट हुन्छ । भेन्टिलेटरमा पनि राख्नु पर्दैन । उनका अनुसार काठमाडौँबाहिर पहिलोपटक टि.ए.भि.आइमार्फत उपचार भएको हो ।
मणिपाल शिक्षण अस्पालका निर्देशक डा.अभिषेक मास्केले मोफसलमा पहिलोपटक यस प्रकृतिको सफल उपचार हुनु पोखरा मात्रै नभई सम्पूर्ण प्रदेशवासीका लागि सुखद् खबर भएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हाइकर्स क्लब नेपालको आयोजनामा भएको नियमित हाइकिङ कार्यक्रम पोखराको विजयपुर पोखरी गाउँमा…





