कुमुदिनी होम्स सेकेण्डरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुले संस्थागत सामाजिक योगदान अन्तर्गत ग्रामिण भेगमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेका छन् ।
पुरनचौरको लप्सिटाकुरा स्थित हिमालय प्रा.वि.का ३५ जना विद्यार्थीहरु र माछापुच्छ्रे गाँउपालिका खादरजुङ स्थित बाराही प्रा.वि. का ४४ जना बिद्यार्थीहरुलाई लाई कुमुदिनीमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहयोग गरेको बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । बिद्यार्थीहरुले आ-आफनो सामाजिक उत्तरदायित्वको भावना अनुसार इरेजर, पेन्सिल , कटर र नोटकपी सो विद्यालयका विद्यार्थी र प्रधानध्यापकलाई शुक्रबार आयोजित एक कार्यक्रममा कुमुदिनीका अध्यक्ष पालिखेले हिमालय आधारभूत बिद्यालयका प्रधानाध्यापक माधवप्रसाद गौतम र बाराही आधारभूत बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेका हुन् । स्टेसनरी सामाग्री ३० हजार ५ सय रुपैया बराबरको रहेको बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । सोही समारोहमा लोटस फाउन्डेसन जर्मनीबाट दुबै विद्यालयका बिद्यार्थीहरुको लागी छ महिनाको दिवा खाजाको लागी रू. साठी साठी हजार (६०/६०) हजार गरि रु १ लाख २० हजारको चेक पनि प्रदान गरिएको थियो ।
दुवै विद्यालयका गरि ७९ जना विद्यार्थीहरुलाई रु ६० हजार बराबरको दुई दुई जोर विद्यालय पोशाक पनि हस्तातरण गरिएको संस्थापक अध्यक्ष पालिखेले बताए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







