लायन्स सेन्ट्रल गार्डनद्धारा कम्प्युटर र नेतृत्व विकास तालिम


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०८० मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसएलसी दिएका भाइबहिनीलाई कम्प्युटर र नेतृत्व विकास तालिम शुरु गरेको छ ।

विद्यार्थी भाइबहिनीका लागि व्यवहारिक जीवनमा अति उपयोगी ९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको हो । तालिममा २१ जना विद्यार्थी भाइबहिनी सहभागी रहेका छन् ।

तालिमको शुक्रवार अनुगमन गर्दै क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऊ अभियान अन्तर्गत हरेक वर्ष एस.एल.सी. दिने भाइबहिनीलाई तालिम सञ्चालन गर्दै आएको बताए ।

उनले क्लबले तालिम सञ्चालनका लागि विभिन्न व्यवसायिक संघसंस्थाबाट कोटेशन लिएर यस पटक गण्डकी हाइटेकसँग सहकार्य गर्न पाउनु क्लबका लागि अवसर सुनौलो अवसर रहेको बताए ।

तालिममा सहभागी भुपेन्द्र गुरुङले आफू पहिला अगाडि गएर बोल्दा जिउ काम्ने, आँखा हेरेर बोल्न नसक्ने समस्या रहेकोमा यो तालिम पाएर आफूलाई निकै खुसी लागेको बताए ।

नुमा गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा शुशांक बास्तोला, निराजन तामाङ, अमृत थापालगायतले आफ्ना अनुभव राखेका थिए ।

अध्यक्षको आसनबाट बोल्दै गण्डकी हाइटेक व्यवहारिक सीप विकास तालिम केन्द्रकी सञ्चालक विद्यादेवी बरालले पोखराको बगरमा रहेकोमा केन्द्रमा विगत १६ वर्षदेखि क्रियाशील प्रशिक्षकद्वारा प्रशिक्षण गराइँदै आएको जानकारी गराइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।