कुमुदिनी होम्समा अविभावकका लागि ‘आर्ट अफ इफेक्टिभ प्यारेन्टिङ’ कार्यक्रम


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८० मा प्रकाशित




जेठ ६ पोखरा । शैक्षिक विकास र सफलताका लागि कुनै एक पक्षिय कसरतले मात्रै पुग्दैन ।

विद्यालयको एकल प्रयासले मात्रै विद्यार्थीको सर्वाङ्गिन विकास हुन सक्दैन । भविष्यका दक्ष जनशक्ति तयार पार्नका लागि जगबाटै विद्यार्थीलाई बुझेर पढाउने, नयाँ नयाँ शैक्षिक पद्धतिमा अभ्यस्त गराउने र सानैदेखि संस्कारगत् सिकाईमा जोड दिनुपर्ने अति आवश्यक कुरा हो ।

शनिबार पोखरा गैह्रापाटनमा रहेका कुमुदिनी होम्स उच्च माविले आयोजना गरेको अविभावकसंगको विशेष साक्षात्कार कार्यक्रम “आर्ट अफ इफेक्टिभ प्यारेन्टिङ” मा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयको गन्तव्य “सधैं उच्च लक्ष्य” रहेकोले असल संस्कारले सुसज्जित असल जनशक्ति देशलाई दिन चाहेको बताए ।

उनले भने, असल विद्यार्थी उत्पादनका लागि हामी मात्रै लागेर भएन । यसमा शिक्षकको भूमिका पनि महत्वपूर्ण भएकोले समय अनुसार तालिम र सिप सिकाई प्रशिक्षण् चलाई रहेको तथा अविभावकका लागि पनि यस्ता तालिम र परामर्शका कार्यक्रहरु चलाई रहेको बताए ।

पालिखेले उत्कृष्ट नतिजासंगै असल नागरिक बनाउने कार्यको शुरुआत घर घरबाट आवश्यक भएकोले विद्यार्थीका सबैभन्दा नजिक हुने अविभावक भएकोले उनीहरुलाई सधैं सकारात्मक सोंचको विकासको कुरा गर्ने, उत्साही बनाउने र प्रेरणाका कुराहरु गरिदिए सफलताको मीठो फल प्राप्त गर्न सकिने बताए ।

अध्यक्ष पालिखेले पढाईको साथसाथ विद्यालय, शिक्षक तथा अविभावकको त्रिकोणात्मक सम्बन्धलाई मजबुत बनाउन अविभावककै लागि यस प्रकारको परामर्शको कार्यक्रम राखिएको बताए ।

गण्डकी प्रदेशमै सम्पदायुक्त संरचनामा अध्ययन गरिरहेका विद्यार्थीहरुले बाहिर कतै जाँदा पनि आफ्नोपन कुरा गर्न सक्ने झझल्को र वातावरण तयार पारिएको बताए । उनले काठमाडौंबाट शैक्षिक परामर्शविज्ञ बोलाएर अविभावकलाई पनि शैक्षिक तालिम र उहाँहरुको दायीत्वको बारेमा केहि ज्ञानका कुराहरु बाँढ्ने अवसर मिल्दा खुसि लागेको बताए ।

कार्यक्रमको मुख्य सहजकर्ता काठमाडौंबाट आएका रबिन कटवाल थिए । जो लामो समयदेखि शैक्षिक परामर्शको कार्यक्रम चलाउदै प्रख्यात परामर्शदाता हुन् ।

कटवालले विद्यार्थी उत्पादन भनेको विद्यार्थी मात्रै नभई देशको असल नागरिक हो भने । तर उनले असल नागरिक बन्नका लागि अविभावकले बच्चाहरुलाई घर घरमा असल संस्कारका कुराहरु गरिदिने, असल चरित्र, अनुशासन, मान सम्मान, आदर तथा सकारात्मक भाईब्रेसन आउने कुराहरु गर्न जरुरी भएको बताए ।

विदेशमा बच्चाहरुको शैक्षिक उन्नयनका लागि आमा बाबालाई पनि तोलिम दिन थालिएको र अंक पनि दिन थालिएको सुनाए । उनले अबका अविभावकहरु कसैको देखासिकी गर्ने र त्यो कुरा बच्चालाई सुनाउने, अरुको कटाक्ष वा आरोप मात्रै लगाउने भन्दा पनि सकारात्मक सोंचको विकास गर्ने र ज्ञानको दयारालाई फराकिलो बनाउन केहि न केहि लेख्ने, अध्ययन गर्ने बानिको विकास गर्नुपर्ने बताए । उनले भने, जस्ले ज्ञान सिक्दछ उसलाई कहिल्यै घाटा हुँदैन यो म ठोकुवा गरेर भन्छु ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।