स्टेप बाई स्टेप मा. वि.को आयोजनामा पदेश स्तरीय एसइई फुटसल प्रतियोगिता


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८० मा प्रकाशित




पोखरा । स्टेप बाई स्टेप माध्यामिक विद्यालयको आयोजनामा गण्डकी प्रदेश स्तरीय एसइई फुटसल प्रतियोगिता आयोजना भएको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको उक्त प्रतियोगितामा हिजोदेखि सुरु भएको हो ।

प्रतियोगितामा कास्की, तनहूँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागी भएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिता प्रत्येक शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल, प्रमाणपत्र र कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्र वृत्ति समेत पाउनेछन् ।

उपविजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्रसँगै कक्षा ११ र १२ मा अध्ययनका लागि ५० प्रतिशत छात्र वृत्ति प्राप्त गर्ने तथा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्र वृत्ति पाउने कार्यक्रमका संयोजक तथा विद्यालयका सह प्राचार्य दिपक गिरीले जानकारी गराएका छन् ।

शनिवार सम्पन्न पहिलो खेलमा स्टेप बाई स्टेप मा. वि. (पिस) ले प्रगति मा. वि. लाई १३–० ले जित हासिल गरेको थियो भने निकै रोमाञ्चक भएको दोस्रो खेलमा झुम्पाकले एल.सी.ब्रदरहरुलाई २–१ को पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।

तेस्रो खेलमा घारीपाटन फुटवल क्लवले मदरल्यान्ड (डिमसिटी) मा.वि. लाई १०–३ को गोल अन्तरले विजय गरेको थियो । त्यस्तै अर्को खेलमा व्रदर युनिटीले बेस्ट एफ.सी (सैनिक) लाई ६–१ ले पराजित गरेको थियो । बाँकी खेल १३ गते शनिवार हुनेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले शिक्षासँगै खेलकुदमा युवाहरुको भूमिका महत्वपूर्ण रहने बताइन् । उनले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा मद्दत पु¥याउने तथा भाइचाराको विकास गर्ने जनाईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।