बुटवल । देशभरका उद्यान(पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासङ्घ गठन गरेको छ ।
महासङ्घको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक प्रमुख दुई संस्थाका अध्यक्ष नै क्रमशः अध्यक्ष र महासचिवमा चयन भएका छन् । राष्ट्रिय सम्मेलन आयोजक संस्था बुटवलस्थित मणिमुकुन्दसेन उद्यान परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेल र महासचिवमा शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) का अध्यक्ष बेलप्रसाद शर्मालाई सर्वसम्मत चयन भएका छन् ।
नेपालमै पहिलोपटक आयोजना भएको उद्यानको राष्ट्रिय सम्मेलनबाट गठित महासङ्घको उपाध्यक्षमा रघुनाथ खुलाल (मकवानपुर) र मिना श्रेष्ठ (रुपन्देही) चयन हुनुभएको छ । यस्तै सचिवमा लक्ष्मीप्रसाद खनाल (सुनसरी) र कोेषाध्यक्षमा सुनिता शर्मा (पाल्पा) चयन भएका छन् ।
महासङ्घको सदस्यमा विष्णुमाया आचार्य, टङ्क बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन भएका छन् । रासस
सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका एक सय ५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताउनुभयो । मणिमुकुन्दसेन उद्यान बुटवल र शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







