पोखरा, जेठ १०
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले भोलि बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सिटी रेवान पोखराको आयोजनामा जेठ ११ गते भोलि विहीबार पोखराको सृजनाचोकस्थित मेट्रो सिटी हस्पिटल अगाडि रक्तदान कार्यक्रम हुने सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रम विहान ७ बजेदेखि शुरु हुने अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार रक्तदान कार्यक्रम पूर्वाह्न १० बजेसम्म जारी रहनेछ ।
रक्तदान कार्यक्रममा जोकोहि रक्तदाताले रक्तदान गर्न सक्ने कार्यक्रम संयोजक तथा कोषाध्यक्ष प्रेम सापकोटाले जानकारी दिए । उनले पोखरेली सर्वसाधारणलाई सो कार्यक्रममा सहभागि भई रक्तदान गरी पून्य प्राप्तीका साथै रगत अभावमा अस्पतालमा छटपटाईरहेका विरामीको जीवन बचाउन अपिल गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







