जेठ १० सोलुखुम्बु । एभरेस्ट म्याराथनमा सहभागि हुन हिँडेको नेपाल भुतपूर्वक खेलाडी मञ्चको टोली ४ हजार ४१० मिटरको उचाईमा रहेको सोलुखुम्बुको दिम्बोचे पुगेको छ ।
हिमेक्स नेपालको आयोजनामा यही जेठ १५ गते सोमबार हुन लागेको १९ औं संस्करणको एभरेस्ट म्याराथनमा संस्थागत सहभागिता जनाउदै मञ्चको टोली जेठ ६ गते पोखराबाट सो तर्फ प्रस्थान गरेको थियो ।
प्रथम पटक सगरमाथा आरोहण भएको दिन पारेर प्रत्येक वर्ष एभरेस्ट म्याराथन आयोजना हुँदै आएको छ । प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा मे २९ का दिन म्याराथन आयोजना गरिन्छ ।
म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चे बजारमा पुगेर सम्पन्न हुने गर्दछ ।
यसै सन्र्दभमा ७० वर्ष अगाडी सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको अवसरमा विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले खुम्बु क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै हिरक जयन्ती मनाउँदै छन् । मञ्चको टोलीले सोही कार्यक्रमहरुमा सहभागिता जनाउने निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।
टोलीमा निवर्तमान अध्यक्ष गुरुङसहित संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, महासचिव कृष्ण तिमिल्सिना, कोषाध्यक्ष महेश पौडेल, जमुना गुरुङ र बेनी गुरुङ छन् । सो टोली सगरमाथा आधार सिविर (५३६० मि ) सम्म पुगेर फर्किनेछ ।
पोखरामा मञ्चको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजना हुँदै आएको छ । यसअघि मञ्चले गत फागुनमा १७ औं संस्करणको म्याराथन सम्पन्न गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







