‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ,आगामी बजेटद्धारा समेटिन्छ’: मुख्यमन्त्री पाण्डे


     एभरेस्ट आवाज    
     जेठ १० गते २०८० मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेकोले यसको थप विस्तारका लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री माण्डेले आज गण्डकी प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको निरिक्षणका क्रममा उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडासहित पुगेका मुख्यमन्त्री पाण्डेले आपुर्ति व्यवस्थापन केन्द्रको औषधि भण्डार कक्ष, कोल्डरुम, स्वास्थ्य तालिम केन्द्रको निरीक्षण गरेका छन् ।

सोही क्रममा उनले प्रदेश भित्रका ११ वटा जिल्ला मध्येबाट प्रत्येक एक जिल्लाबाट एउटा पालिका छनौट गरि ११ वटा पालिकाको प्रतिनिधिलाई प्रदेश सरकारले खरिद आपुर्ति व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्धेश्यले कार्यक्रम तत्काल सञ्चालन गरिने समेत जानकारी दिएका छन् ।

मुख्यमन्त्री पाण्डेले केहिबेर स्वास्थ्य तालिम केन्द्रले सञ्चालन गरेको गण्डकी प्रदेशका स्थनीय तहबीचको नवप्रवर्तनात्मक स्वास्थ्य सम्बन्धि कार्यक्रममा सहभागीहरुसंग अन्तरक्रिया गरे ।

मुख्यमन्त्री पाण्डेलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले औषधि भण्डार कक्ष, कोल्डरुमबारे ब्रिफिङ गरे । औषधि र स्वास्थ्य उपकरण १० प्रतिशत मौज्दात रहेको शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।