प्रतीकात्मक तस्बिर ।
तनहुँ । पौडी खेल्ने क्रममा मस्र्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–८ बलिफाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् ।
पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
नदीले बगाएर बेपत्ता भएका नेपालीको प्रहरी चौकी पुर्कोट, इलाका प्रहरी कार्यालय भानु तनहुँका प्रहरी निरीक्षकको टोली, मनकामना गण भानु तनहुँबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजतलास गरिरहेको उनले बताए ।
“घरबाट सोही स्थानमा रहेको सतदेवी मन्दिरको निर्माणका लागि श्रमदान गर्न जान्छु भनेर निस्केका रहेछन्, मस्र्याङ्दी किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएरको रहेछ”, खाणले भने, “आज दिउँसो ११ : ४५ बजे नदीले बगाएको खबर पाएका थियौँ ।”
हालसम्म नेपाली फेला नपरेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







