फाइल तस्विर
पोखरा । फेवातालमा माछा मार्ने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।
शनिबार अपरान्ह माछा मार्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका पोखरा–१४ चाउथे बस्दै आएका ६३ वर्षिय मिन गुरुङ साँझ मृत फेला परेका हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थायी घर भएका गुरुङ माछा मार्ने क्रममा शनिबार अपरान्ह ४ बजे फेवातालको पोखरा–२३ खपौदी क्षेत्रमा डुबेर बेपत्ता भएका थिए ।
गुरुङ डुबेको खबर पाउन साथ पुगेको वडा प्रहरी कार्यालय बैदाम र ससस्त्र प्रहरी बलको रेस्क्यू टोली खोजतलासमा खटिएको थियो । उनको शव डुबेको झण्डै ३ घण्टापछि प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।
गुरुङको शव परीक्षणका लागि पश्चिम क्षेत्रिय अस्ताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







