स्टेप वाई स्टेप मा. वि.मा वक्तृत्व कला प्रतियोगिता


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०८० मा प्रकाशित




पोखरा । विद्यार्थीको वाक कलाको अभिवृद्र्धि गर्ने उद्धेश्यले स्टेप वाई स्टेप मा. वि. मासबार, पोखरामा कक्षा ६ देखि कक्षा ८ सम्म का विद्यार्थीहरु विच नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा समूह ‘क’ तर्फ सम्पदा थापा प्रथम हुन सफल भएकी छन् भने भेनेषा शर्मा द्वितीय, प्रशान्त तिमिल्सिना तृतीय र एलिना थापा तथा दिक्षा दर्जी चतुर्थ भएका थिए ।

त्यसै गरि समूह ‘ख’ तर्फ प्रज्वल सुवेदी, प्रिन्स देवकोटा, एन्जिला सुवेदी, पुकार खड्का र आयुष कर्णेल विधार्थीहरुले प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा जम्मा १ सय ५१ जना विद्यार्थीहरू सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका विद्यालयका सह प्राचार्य दीपक गिरीले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए । उनले विद्यालयले आयोजना गरेको यस्ता अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरूले पनि सहभागिता जनाइ आपूmमा आत्मविश्वास र सक्रियता बढाउन आह्वान गरे ।

विद्यालय संयोजक सूर्यप्रसाद लम्सालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक मेघनाथ गिरी र युवराज लामिछानेले गरेका थिए । शिक्षक त्रय शूशिला पौडेल, संगीता पराजुली र भगवती जी.सी. मूल्याङ्कन समितीमाका रुपमा भुमिका निभएका थिए रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।