पोखरा । पोखरा स्थित हेम्जाको सुन्दरपुरी चोकमा जिपले ठक्कर दिदा घाईते भएका एक जनाको मृत्यु भएको छ । नाम,थर नखुलेको उनको जिपको ठक्करपश्चात उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा केहि समयपछि डाक्टरले मृत घोषणा गरेको गरेका थिए ।
बाग्लुङबाट पोखरातर्फ आँउदै गरेको लु ३ च ५१२ नं.को जिपले उक्त व्यक्तिलाई शनिबार राति करिब ९ बजेको समयमा ठक्कर दिएको कास्की प्रहरीले जनाकारी दिएको छ ।
प्रहरीका अनुसार जिप र जिप चालक प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको छ । मृतकको अझैपनि सनाखत हुन सकेको छैन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







