रोक्का भएको कित्ताकाट फुकुवा


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित




सरकारले रोक्का भएको जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेको छ । यसअघि जग्गाको वर्गीकरण नसकिएसम्मका लागि जग्गाको कित्ताकाट रोक्का गरिएको थियो ।

तर सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यसअघि रोक्का गरिएको जग्गाको कित्ताकाट फुकुवा गरिने घोषणा गरे । यसले घरजग्गा क्षेत्रमा कारोबार बृद्धि हुने विश्वास गरिएको डा.महतले बताए ।

अर्थमन्त्री महतले घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने बताए । किनबेच गर्दा स्थानिय तहले गरेको सिफारिस र लोन निकाल्दा बैंकले गरेको मूल्याङ्कनलाई आधार मानेर कर लिईने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।